दुधपोखरी गाउँपालिकाद्वारा महिला लक्षित शिक्षक सेवा आयोग तयारी कक्षा

लमजुङ । गण्डकी प्रदेशको लमजुङ्ग जिल्लामा रहेको दूधपोखरी गाउँपालिकाले आगामी चैत्र महिनामा हुन लागेको शिक्षक सेवा आयोग परीक्षालाई लक्षित गरी तयारी कक्षा सञ्चालन गरेको छ ।

महिला शिक्षकलाई प्रोत्साहन गर्न महिला लक्षित तयारी कक्षा सञ्चालन गरिएको जसले अस्थायी, करार, राहत शिक्षकहरू विस्तापित नगराई स्थायी सेवामा प्रवेश गराउन सफलता मिलोस भन्दै कक्षा सञ्चालन गरिएको हो ।

Advertisement

शिक्षामा स्थानिय शिक्षकको भूमिका महत्वपूर्ण रहने र बाहिरबाट आउने जाने शिक्षक हुने गरेका जसका कारण शिक्षा क्षेत्र एवं विद्यालयको पठनपाठन समेत प्रभावित भएकाले स्थानीय करार र राहत शिक्षकहरुलाई आयोगमा सफल गराउन कक्षा सञ्चालन गरिएको गाउँपालिकाकी अध्यक्ष छुपीमाया गुरुङले जानकारी दिईन् ।

दुधपोखरी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबहादुर अधिकारीले शिक्षकहरूको सफलताका लागि गाउँपालिकाले महत्वपूर्ण निर्णय गरी कार्यक्रम सञ्चालन गरेकाले पालिकाको अपेक्षा समेत पूरा हुनेगरी तयारीमा लाग्न थप उत्प्रेरणा मिलोस भन्दै सफलताको शुभकामना व्यक्त गरेका थिए ।

गाउँपालिकामाभित्र रहेका ३० वटा विद्यालयहरुमा ७५ जना भन्दा बढी करार शिक्षकहरु लाभान्वित हुने गाउँपालिकाले जनाएको छ ।

More News last news
Loading...