आज (सोमबार) घट्यो कि बढ्यो सुनको भाउ ?

काठमाडौँ । साताको पहिलो दिन अर्थात आज (सोमबार) नेपाली बजारमा सुनको भाउ स्थिर रहेको छ । शुक्रबार एकै दिन १५०० रुपैयाँले बढेको सुनको भाउ आज भने स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले नयाँपुस्ता डटकमलाई जनाएको छ।

महासंघका अनुसार, आज छापावाल सुन प्रतितोला ९५ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार पनि छापावाल सुन प्रतितोला ९५ हजार ५०० रुपैयाँमा नै कारोबार भएको थियो।

Advertisement

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले अन्तर्राष्ट्रिय सुनचाँदीको कारोबार मूल्यका आधारमा दैनिक रुपमा सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ। महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कनुसार आज तेजाबी सुनको मूल्य पनि स्थिर छ।

आज तेजावी सुन प्रतितोला रु ९५ हजार रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार पनि तेजाबी सुन प्रतितोला रु ९३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, सुनको भाउ बढेसँगै आज चाँदीको भाउ पनि स्थिर रहेको छ। महासङ्घका अनुसार आज चाँदीको मूल्य प्रतितोला रु १ हजरा ३०० रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार पनि चाँदी प्रतितोला १ हजार २८० रुपैयाँमा कारोबार भएको थियो।

More News last news
Loading...