नेपाललाई ६ महिनामा एक खर्ब १० अर्बभन्दा बढीको वैदेशिक सहायताको प्रतिवद्धता

काठमाडौं । नेपालले चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो ६ महिनामा १ खर्ब १० अर्ब ८५ करोड रुपैयाँ बराबरको वैदेशिक सहायता प्रतिबद्धता प्राप्त गरेको छ ।

२०७७ साउन देखि पुस मसान्तसम्मको अवधिमा नेपालले उक्त वैदेशिक सहायता प्रतिबद्धता प्राप्त गरेको अर्थ मन्त्रालयले जनाएको छ ।

Advertisement

अर्थका अनुसार प्राप्त वैदेशिक सहायता प्रतिबद्धतामा अनुदान सहायता ६ अर्ब ८५ करोड २६ लाख (६.१८ प्रतिशत) र सहुलियतपूर्ण ऋण सहायता १ खर्ब ३ अर्ब ९९ करोड (९३.८२ प्रतिशत) रहेको छ।

अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा विभिन्न विकास आयोजना÷कार्यक्रम कार्यान्वयन गर्न २ खर्ब २३ अर्ब बराबरको प्रतिबद्धता प्राप्त भएको थियो।

विकास साझेदारले ६ महिनामा नेपाललाई दिए १० अर्ब ८६ करोडको स्वास्थ्य सामाग्री

विकास साझेदार राष्ट्र तथा निकायले नेपाललाई पछिल्लो ६ महिनामा १० अर्ब ८६ करोड रुपैयाँ बराबरको स्वास्थ्य सामाग्री उपलब्ध गरेका छन् ।

अर्थ मन्त्रालयका अनुसार चालु आर्थिक वर्ष २०७८/८९ को पहिलो ६ महिना (साउदन देखि पुससम्म)को अवधिमा विकास साझेदारले उक्त सहायता नेपाललाई उपलब्ध गरेका हुन् ।

यस अवधिमा विभिन्न विकास साझेदारले १० अर्ब ७० करोड रुपैयाँ बराबरको कोभिड–१९ विरुद्धको खोप उपलब्ध गरेको अर्थले जनाएको छ ।

यस्तै, विकास साझेदारहरुले जनस्वास्थ्य प्रतिरक्षाका लागि १६ करोड रुपैयाँ बराबरको अन्य स्वास्थ्य सामाग्री उपलब्ध गरेका थिए ।

More News last news
Loading...