दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका–५ को ‘इरम फुटवेयर’ जुत्ता चप्पल गोदाममा आगलागी हुँदा पाँच जनाको ज्यान गएको छ ।
उक्त आगलागीमा परी एक जना घाइते भएका छन् । बिहीबार राति करिब पौने २ बजे आगलागी हुँदा मानवीय क्षति भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसी श्यामु अर्यालले जानकारी दिए ।
चार पुरुष र एक बालिकाको शव फेला परेको उनले बताए । चार तले भवनमा आगलागी भएको हो ।
राति लागेको आगो तुलसीपुर उपमहानगरपालिका र घोराही उपमहानगरपालिकाको दमकल, प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, स्थानीयबासीले बिहान नियन्त्रणमा लिएका थिए ।
विद्युत सर्ट भएर आगलागी भएको हुनसक्ने प्रहरीको आँकलन छ । मृतकहरुको शव राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा राखिएकाे प्रहरीले जनाएकाे छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
