आँक्नै नसकिने गरी बढ्यो सुनको भाउ, तोलाको कति पुग्यो ?

काठमाडौँ । साताको पाँचौ दिन अर्थात आज (बिहीबार) नेपाली बजारमा सुनको भाउ झन् उकालो लागेको छ । बुधबार प्रतितोला ३०० रुपैयाँले बढेको सुनको भाउ आज पनि प्रतितोला ५०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले नयाँपुस्ता डटकमलाई जनाएको छ।

महासंघका अनुसार, आज छापावाल सुन प्रतितोला ९३ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार छापावाल सुन प्रतितोला ९३ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो।

Advertisement

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले अन्तर्राष्ट्रिय सुनचाँदीको कारोबार मूल्यका आधारमा दैनिक रुपमा सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ।

महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कनुसार आज तेजाबी सुनको मूल्य पनि बढेको छ। आज तेजावी सुन प्रतितोला रु ९३ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार तेजाबी सुन प्रतितोला रु ९२ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, सुनको भाउ बढेपनि आज चाँदीको भाउ भने स्थिर रहेको छ । महासङ्घका अनुसार आज चाँदीको मूल्य प्रतितोला रु १ हजार २८० रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार पनि चाँदी प्रतितोला १ हजार २८० रुपैयाँमा कारोबार भएको थियो।

More News last news
Loading...