अब एनआइसी एशिया बैँकमा ‘सर्वश्रेष्ठ बचत खाता’ खोल्दा पाइन्छ यी २४ सुविधा

काठमाडौँ । नेपाली बैंकिङ क्षेत्रको अधिकांश वित्तीय सूचकांकहरुमा अग्रणी स्थान ओगट्न सफल बैंक हो एन आई सी एशिया बैंक । अहिले २७ वाणिज्य बैंकमध्ये एनआईसी एशिया ‘नम्बर वान’ बैँक भएको छ ।

एनआईसी एशिया बैंक उत्कृष्ट बैंक बन्नुमा बैंकिङ्ग क्षेत्रमा एनआईसी एशिया बैंकले ल्याउने आक्रमक ग्राहक योजना त छदैँ छन् तर नयाँ कार्यशैलीमा अभ्यस्त युवाहरुको क्षमता, ऊर्जा र नयाँ दृष्टिकोणको भुमिका पनि त्यति नै छ ।

Advertisement

एनआईसी एशिया बैंकको पछिल्लो तथ्यांक अनुसार करिब ४ हजार कर्मचारीमध्ये ९५ प्रतिशत कर्मचारी युवा अवस्थाका छन् । बाँकी ५ प्रतिशत कर्मचारीमात्र ४० वर्षभन्दा माथि उमेरका छन् । उक्त बैंकका औसत कर्मचारीको उमेर २९ वर्ष छ ।

कुनै बेला एउटा सानो बैंकको रुपमा रहेको एनआईसी एशिया अहिले प्रमुख सूचकहरूमा देशका अन्य बैंकहरूलाई पछाडि छोड्दै नम्बर एक वाणिज्य बैंक बनेको छ ।

बैंकिङ्ग क्षेत्रमा एन आई सी एशिया बैंकले ल्याउने आक्रमक ग्राहक योजना यस बैंकको विशेषताले हुन् । त्यस्तै योजना मध्यको एक हो अहिले सञ्चालनमा रहेको सर्वश्रेष्ठ बचत योजना । सर्वश्रेष्ठ बचत योजनामा ग्राहकले विभिन्न २४ वटा फाइदा पाउने छन् । ती सबै सुविधाहरू अन्य कुनै पनि बैंकमा पाउन सकिदैन । सर्वश्रेष्ठ खातामा बीमा सम्बन्धी तीन, कर्जा सम्बन्धी तीन र अन्य १८ वटा फाइदा रहेका छन् ।

बैँकले ५ वर्षका लागि मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग, सीमा अधिकतम रू. ५ लाखसम्म वार्षिक क्रेडिट कार्ड, प्रिपेड डलर कार्ड, डिम्याट खाता एवं मेरो शेयर शुल्क, चेक क्लियरिङ, IPS/CPS/Fund Transfer, लकर दस्तुर/लकर मार्जिन, Portfolio Management पाँच वर्षको लागि ५० प्रतिशत छुट, ई-कमर्श निःशुल्क सुचारु एवं पाँच वर्षको लागि निःशुल्क, स्विप इन–स्विप आउट सुविधा, खातामा रू. २ लाख भन्दा बढी रकम भएमा उक्त बढी रकमलाई १० हजारले गुणन गरी तीन महिनाको मुद्दती निक्षेपमा स्वतः रकमान्तर हुनेछ र सो रकममा मुद्दती निक्षेप अनुसारकै ब्याजदर प्राप्त हुनेछ ।

पाँच वर्षका लागि एटीएम निशुल्क, विदेशी मुद्रा (USD, GBP, EUR, CAD र AUD) सटही २५ पैसा Premium वा Rebate मात्रै लिने जनाएको छ । देशको दुरदराजमा रहो लाखौं ग्राहकलाई सहज, सबल, गतिशील, विश्वसनीय र उत्तरदायी बैंकिङ्गको अभ्यास गराउँदै आएको बैंकले ग्राहकलाई दुई दर्जन फाइदा दिने बचत योजना सञ्चालन गरिरहेको हो ।

सर्वश्रेष्ठ बचत खाताहरूमा पाइने फाइदाहरूलाई व्यापकरुपमा थप वृद्धि गर्दै १ वर्ष अवधिसम्म उपलब्ध हुँदै आएको बीमा सुविधालाई ५ वर्ष अवधिका लागि प्रदान गर्दै बचत खातामै ८४ लाख रुपैयाँसम्मको सर्वश्रेष्ठ बीमा फाईदा प्रदान गरिएको बैंकले जनाएको छ ।

साथै, सर्वश्रेष्ठ बचत खाता खोल्ने ग्राहकले ३ कर्जा सम्बन्धी सर्वश्रेष्ठ फाइदा अन्तर्गत कर्जामा सहुलियत ब्याजदर, प्रशासनिक शुल्कमा विशेष छुट र पूर्वस्वीकृत कर्जा सुविधासमेत प्राप्त गर्न सक्नेछन् ।

बीमा तथा कर्जासम्बन्धी सर्वश्रेष्ठ फाइदाहरूका साथसाथै यस बैंकले सर्वश्रेष्ठ बचत खातामा प्रदान गर्दै आएको १८ अन्य सर्वश्रेष्ठ फाईदाहरूलाई ५ वर्षको अवधीसम्म उपलब्ध गराएको छ । सबै थप सुविधा/फाईदाहरू यसअघि सर्वश्रेष्ठ खाताहरू खोलिसकेका ग्राहकले समेत कुनै अतिरिक्त शुल्कबिना स्वतः पाउन सक्नेछन् ।

बैंकले ल्याएको यस सर्वश्रेष्ठ बचत खाताहरूमा उपलब्ध फाइदा सम्बन्धी विस्तृत जानकारीका लागि यस बैंकको नजिकको शाखा कार्यालय वा मोबाइलको मेसेज बक्समा एसबी टाइप गरी ३४८८ मा एसएमएस पठाउन बैंकमा पठाउनुपर्ने हुन्छ ।

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंकप्रतिको भरोसाले गर्दा यो बैंक मुलुकभर रहेका ३५८ शाखा कार्यालयहरू, ४७३ एटिएम, ७० वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन पुगेको छ ।

More News last news
Loading...