काठमाडौँ । साताको पहिलो दिन अर्थात आज (आइतबार) नेपाली बजारमा सुनको भाउ स्थिर रहेको छ । शुक्रबार तोलामा २०० रुपैयाँले घटेको सुनको भाउ आज आइतबार भने स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले नयाँपुस्ता डटकमलाई जनाएको छ।
महासंघका अनुसार, आज छापावाल सुन प्रतितोला ९२ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार पनि छापावाल सुन प्रतितोला ९२ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले अन्तर्राष्ट्रिय सुनचाँदीको कारोबार मूल्यका आधारमा दैनिक रुपमा सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ।
महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कनुसार आज तेजाबी सुनको मूल्य पनि घटेको छ। आज तेजावी सुन प्रतितोला रु ९२ हजार रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार पनि तेजाबी सुन प्रतितोला रु ९२ हजार रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, सुनको भाउ घटेसँगै आज चाँदीको भाउ पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदीको मूल्य प्रतितोला रु १ हजार २५० रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो ।

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
