काठमाडाैं l देशमा पश्चिमी न्युन चापीय प्रणालीको प्रभाव रहेको छ । दिउँसो प्रदेश १, मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा वर्षाकाे सम्भावना रहेकाे माैसम पूर्वानुमान महाशाखाले जानकारी दिएकाे छ ।
अरु प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा पनि हल्का वर्षा हुनेछ । पूर्वी तथा मध्य भूभागका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेकाे महाशाखाकाे प्रक्षेपण छ ।
राती देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । आइतबार देशभर आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ आँकलन गरिएकाे छ ।
आइतबार, प्रदेश १ र बागमती प्रदेशमा आंशिक देखि सामान्य बदली रहि देशका बाँकी भूभागमा मौसम आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ ।
यसैगरी सोमबार, प्रदेश नं १, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली रहि अन्य प्रदेशमा मौसम सामान्यतया सफा रहनेछ। देशका मध्य तथा पश्चिमी भूभागका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
