काठमाडौं । नेपालमा आन्तरिक हवाइ उडानको भाडादर वृद्धि भएको छ । नेपाल वायुसेवा सञ्चालक संघले शुक्रबारबाट लागूहुनेगरी भाडा बढाएको हो ।
नेपाल आयल निगमले पेट्रोलिम पदार्थको मूल्य बढाएपछि भाडादर १०५ रुपैयाँदेखि ४४५ सम्म वृद्धि गरेको संघले जनाएको छ ।
हवाई इन्धनमा प्रतिलिटर दुई रुपैयाँ बढीले मूल्य घटबढ भएको अनुपातमा भाडा समायोजन गर्ने अधिकार संघको छ ।
सबैभन्दा बढी काठमाडौं–धनगढीको भाडादर ४४५ रुपैयाँ बढेको छ । यस्तै काठमाडौं–विराटनगर २४०, काठमाडौं–पोखरा १६०, काठमाडौं–नेपालगञ्ज ३२५, काठमाडौं–भद्रपुर, काठमाडौं–भरतपुर १०५ रुपैयाँ बढेको संघले जनाएको छ ।
यस्तै माउन्टेन फ्लाइटको भाडादर पनि ३४५ रुपैयाँले बढेको छ । पछिल्लो पटक नेपाल आयल निगमले हवाइ इन्धनमा प्रतिलिटर १० रुपैयाँ वृद्धि गरेको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
