आज कुन तरकारीको भाउ कति छ ? हेर्नुहोस्

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार बिकास समितिले आजको तरकारीको मूल्य सूची सार्वजनिक गरेको छ।

समितिले जारी गरेको मूल्य सूचीका आधारमा बजारमा तरकारीको मूल्य निर्धारण गरिएको छ। समितिका अनुसार आज बिहीबार अदुवाको भाउ प्रतिकेजी औसत मूल्य ३५ रुपैयाँ रहेको छ ।

Advertisement

रातो आलुको प्रतिकेजी औसत मूल्य ३१ रुपैयाँ रहेको छ । यसैगरी, स्थानीय काउलीको प्रतिकेजी औसत मूल्य ५५ रुपैयाँ रहेको छ ।

अनारको औसत मूल्य २७५, लोकल काँक्रो ११०, हरियो खूर्सानी ७५, गोलभेडा सानोको औसत मूल्य ३२ रुपैयाँ ५० पैसा रहेको छ ।

पछिल्लो समय नेपाली बजारमा तरकारी, फलफूल र खाध्यान्नको भाउ तिब्र रुपमा बढेको छ । सरकारले केही दिन अगाडि मात्रै पेट्रोलियम पदार्थमा दुधमा पनि मूल्य बढाएको छ ।

दैनिक मूल्यहरु – वि.सं. माघ २०, २०७८
More News last news
Loading...