आज (बुधबार) बढ्यो सुनको भाउ

काठमाडौँ । साताको चौँथो दिन अर्थात आज (बुधबार) पनि नेपाली बजारमा सुनको भाउ थोरै बढेको छ । मंगलबार प्रतितोला १०० रुपैयाँले बढेको सुनको भाउ आज बुधबार पनि तोलामा ३०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले नयाँपुस्ता डटकमलाई जनाएको छ ।

महासंघका अनुसार, आज छापावाल सुन प्रतितोला ९२ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार छापावाल सुन प्रतितोला ९१ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो।

Advertisement

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले अन्तर्राष्ट्रिय सुनचाँदीको कारोबार मूल्यका आधारमा दैनिक रुपमा सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ।

महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कनुसार आज तेजाबी सुनको मूल्य पनि बढेको छ। आज तेजावी सुन प्रतितोला रु ९१ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार तेजाबी सुन प्रतितोला रु ९१ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, सुनको भाउ बढेसँगै आज चाँदीको भाउ पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदीको मूल्य प्रतितोला रु १ हजार २५५ रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार चाँदी प्रतितोला १ हजार २४० रुपैयाँमा नै कारोबार भएको थियो।

More News last news
Loading...