५ वर्ष मुनिका बालबालिकाको खोपलाई मान्यता दिँदै अमेरिका

काठमाडौँ । अमेरिकामा ५ वर्ष मुनिका बालबालिकाका लागि कोरोनाविरुद्धको खोपलाई मान्यता दिने अन्तिम तयारी भएको छ। अमेरिकामा ५ वर्ष मुनिका बालबालिकाको लागि कोरोनाविरुद्धको खोपलाई मान्यता दिने अन्तिम तयारी भइरहेको छ।

यही महिनाको अन्तिमसम्ममा ५ वर्ष मुनिका बालबालिकालाई दिइने भएको छ। खोपलाई मान्यता दिने तायारी अन्तिम चरणमा पुगेको अमेरिकी औषधि नियामक एफडीएलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ।

Advertisement

एफडीएका अनुसार फाइजर कम्पनीले पाँच वर्षभन्दा मुनिका बालबालिकाको लागि दुई मात्रा दिने खोपको लागि आवेदन दिने तयारी गरेको हो। कम्पनीले तीन मात्रा दिन सकिने खोपको बारेमा पनि अध्ययन गरिरहेको छ।

तर, यसको लागि भने मार्च महिनासम्म कुर्नुपर्ने खबरमा उल्लेख छ। कोरोनाको ओमिक्रोन भेरियन्ट आएपछि बालबालिकामा सङ्क्रमण दर बढेपछि उनीहरुलाई पनि खोप दिनुपर्ने माग उठिरहेको छ।

अमेरिकन एकेडेमी अफ पीडियाट्रीक्सका अनुसार गत महिना अमेरिकामा २५ लाखभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएको छ। यसमध्ये केही बालबालिका अस्पताल भर्ना भएका थिए। कोरोनाले केहीको मृत्युसमेत भएको पाइएको छ।

गत डिसेम्बरमा फाइजलले बालबालिकाको लागि कम मात्राको खोप परीक्षण गरेको र त्यसको मिश्रित नतिजा आएको थियो।

More News last news
Loading...