फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य, लिटरको कति ?

काठमाडौँ । नेपाल आयल निगमले आज (मंगलबार) पेट्रोलियम पदार्थको फेरि मूल्यवृद्धि गरेको छ ।

निगमले मंगलबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर तीन रुपैयाँ मूल्य बढाएको जनाएको छ । यससँगै अब पेट्रोल प्रतिलिटर १४२ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेल १२५ कायम भएको छ ।

Advertisement

यस्तै, निगमले हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर १० रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर १०० अमेरिकी डलर बढाइएको जनाएको छ ।

ग्यासको मूल्य भने यथावत राखेको निगमले जनाएको छ। यति हुँदा समेत प्रति महिलना ४.५ अर्ब देखि ५ अर्ब ऋढ लिनु पर्ने बाध्यात्मक अवस्था बनेको निगमले जनाएको छ।

यसअघि, निगमले माघ ५ गते फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो । त्यतिबेला पेट्रोल र डिजेल–मटितेलको साविकको बिक्री मूल्यमा प्रतिलिटर ३ रुपैयाँले वृद्धि भएको थियो ।

More News last news
Loading...