काठमाडौँ । पछिल्ला केही महिना टाटा मोटर्स प्यासेन्जर कारको लागि निकै उत्कृष्ट सावित हुँदै गएको छ । भारतीय सवारीसाधन उत्पादक टाटा मोटर्सले एकपछि अर्को महिनामा रेकर्ड बनाउँदै गएको छ ।
कम्पनीले २०२२ को पहिलो महिना जनवरीमा ४० हजार ७७७ युनिट कार फ्याक्ट्रीबाट डिलरमा बढाएर नयाँ रेकर्ड बनाएको हो । टाटाले एकै महिना ४० हजार युनिट पार गरेको पहिलो पटक हो ।
टाटा मोटर्सले सबैभन्दा धेरै टाटा नेक्सन र टाटा पन्चलाई उत्पादन गरेको छ भने एसयूभीको संख्या २८ हजार १०८ युनिट पुगेको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
टाटा मोटर्सले विद्युतीय कारको उत्पादन पनि बढाएको छ । टाटा नेक्सनको बुकिङ र वेटिङ पिरियड बढ्दै गएको समयमा कम्पनीले २ हजार ८९२ युनिट इलेक्ट्रीक कार विक्री गरेको तथ्यांक सार्वजनिक गरेको छ।
डिसेम्बर २०२१ मा ३५ हजार ३ सय युनिट कार उत्पादन गर्दै दोस्रो स्थानमा पर्न सफल भएको टाटा मोटर्सले जनवरी २०२२ मा ५ हजार ४७७ युनिट कार बढी विक्री गर्न सफल भएको हो ।
सेमी कन्डक्टरको समस्या भोग्दै आएका अन्य ब्राण्डको तुलनामा टाटा मोटर्सले निकै तीव्र गतिमा गाडी उत्पादन गर्दै आएको बताएको छ । टाटा मोटर्सको विक्री बढ्नुमा सिएनजी भेरिएन्टको पनि महत्वपूर्ण भूमिका देखिएको छ ।
टाटा मोटर्सले जनवरी १९ तारिखमा टाटा टियागो र टिगोरलाई सिएनजीमा उपलब्ध गराएको थियो । करिब १३ दिनको अवधिमा कम्पनीले ३ हजार युनिट सिएनजी कार विक्री गरेको हो ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
