काठमाडौं । नेपाली सेनाले सञ्चालन गरिरहेको छाउनीस्थित वीरेन्द्र अस्पतालले ६८ जना मेडिकल कर्मचारी करार सेवामा भर्ना गर्ने भएको छ ।
कोरोना महामारीको उपचारका लागि मेडिकल जनशक्ति करारमा भर्ना गर्न लागिएको हो । जसअनुसार अस्पताले सबैभन्दा बढी स्टाफ नर्स ५० जना मागेको छ ।
पिसिएल नर्सिङ उत्तीर्ण गरी नर्सिङ काउन्सिलमा दर्ता भएकाले स्टाफ नर्समा दरखास्त दिन पाउनेछन्।त्यस्तै, १० जना बिएनरबिएस्सी नर्स माग गरिएको छ ।
बिएन–बिएस्सी नर्सिङ उत्तीर्ण गरी नर्सिङ काउन्सिलमा दर्ता भएकाले दरखास्त दिन सक्नेछन्। एमबिबिएस उत्तीर्ण गरी एनएमसी दर्ता भएका ८ जना मेडिकल अधिकृत माग गरिएको छ ।
२० माघभित्र दरखास्त दिइसक्नुपर्ने छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
