हातको पन्जाभित्र यस्तो चिज लिएर हिँड्ने व्यक्ति पक्राउ, छक् पर्यो प्रहरी

कपिलवस्तु । कपिलवस्तुमा लागूऔषध (ब्राउन सुगर) सहित एक युवक पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले कपिलवस्तु नगरपालिका–२ बर्गदवाबाट ३२ वर्षीय अरुण मोक्तानलाई पक्राउ गरेको छ ।

Advertisement

ललितपुरको महालक्ष्मी नगरपालिका-१, ईमाडोलका मोक्तानबाट प्रहरीले ३ ग्राम ५८० मिलिग्राम अवैध लागूऔषध ब्राउन सुगर बरामद गरिएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी धर्मराज भण्डारीले बताए।

आइतबार साँझ चेकजाँच गर्ने क्रममा बाग्मती प्रदेशमा दर्ता भएको मोटरसाइकल देखेपछि प्रहरीले केरकार सुरु गरेको थियो । चेक जाँच गर्दा हातको पन्जाभित्र लुकाएको अवस्थामा ब्राउन सुगर फेला परेको थियो।

प्रहरीले मोक्तान सवार बा७४प ६८४९ नम्बरको मोटरसाइकलसहित पक्राउ गरिएको थियो ।

More News last news
Loading...