आज (आइतबार) पनि घट्यो सुनको भाउ, हेर्नुहोस् कतिमा हुँदैछ कारोबार

काठमाडौँ । साताको पहिलो दिन अर्थात आज (आइतबार) पनि नेपाली बजारमा सुनको भाउ घटेको छ। शुक्रबार प्रतितोला ९०० रुपैयाँले घटेको सुनको भाउ आज आइतबार पनि तोलामा ४०० रुपैयाँलेको घटेको हो।

आज छापावाल सुन प्रतितोला ९२ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । छापावाल सुन शुक्रबार प्रतितोला ९२ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।

Advertisement

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले अन्तर्राष्ट्रिय सुनचाँदीको कारोबार मूल्यका आधारमा दैनिक रुपमा सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ।

महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कनुसार आज तेजाबी सुनको मूल्य पनि घटेको छ। आज तेजावी सुन प्रतितोला रु ९१ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार तेजाबी सुन प्रतितोला रु ९२ हजार १०० रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, सुनको भाउ घटेसँगै आज चाँदीको भाउ पनि घटेको छ। महासङ्घका अनुसार आज चाँदीको मूल्य प्रतितोला रु १ हजार २५० रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार चाँदी प्रतितोला १ हजार २६५ रुपैयाँमा कारोबार भएको थियो।

More News last news
Loading...