काठमाडौँ । साताको दोस्रो दिन अर्थात आज (मंगलबार) नेपाली बजारमा सुनको भाउ पुनः उकालो लागेको छ । आइतबार प्रतितोला ३०० रुपैयाँले घटेको सुनको भाउ आज मंगलबार भने उकालो लागेको हो ।
महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भइरहेको छ। छापावाल सुन सोमबार ९३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले अन्तर्राष्ट्रिय सुनचाँदीको कारोबार मूल्यका आधारमा दैनिक रुपमा सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ।
महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कनुसार आज तेजाबी सुनको मूल्य पनि बढेको छ। आज तेजावी सुन प्रतितोला रु ९३ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार तेजाबी सुन प्रतितोला रु ९३ हजार रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, सुनको भाउ बढेपनि आज चाँदीको भाउ भने ओारालो लागेको छ । महासङ्घका अनुसार आज चाँदीको मूल्य प्रतितोला रु १ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार चाँदी प्रतितोला १ हजार ३२५ रुपैयाँमा कारोबार भएको थियो।

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
