धनगढी l कैलालीमा कोरोना भाइरसविरुद्धको खोप लगाएको केही बेरमै एक जनाको ज्यान गएको छ । जिल्लाको कैलारी गाउँपालिका–४ ‘के’ गाउँका ५३ वर्षीय रामदास डगौराको कोरोनाविरुद्धको खोप लगाएको केही बेरमै ज्यान गएको हो ।
स्थानीय आधारभूत स्वास्थ्य केन्द्रमा कोरोनाविरुद्धको भेरोसेल खोपको दोस्रो डोज लगाएका डगौराको घर जाने क्रममा मृत्यु भएको हो ।
वडाध्यक्ष भिखराम चौधरीले खोप लगाएको केही बेरमै बाटेमै लडेर उनको मृत्यु भएको बताए । लडेकै ठाउँमा उनको मृत्यु भएको बताइएको छ ।
थप ६ हजार ४६२ जनामा कोरोना पुष्टि
पछिल्लो २४ घण्टाको अवधिमा नेपालमा थप ६ हजार ४६२ जना नयाँ संक्रमित थपिएका छन् भने १ हजार ४१६ संक्रमणमुक्त भएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबारको पत्रकार सम्मेलनमा यसबारे जानकारी दिएको हो। मन्त्रालयका अनुसार एन्टिजेन र पीसीआर विधिबाट १७ हजार ४३७ परीक्षण गरिँदा ६ हजार ४६२ जनामा कोरोना पुष्टि भएको हो।
१३ हजार ३७७ पीसीआर परीक्षण हुँदा ५ हजार ५५८ र ४ हजार ६० एन्टिजेन परीक्षणमा ८६४ जनामा संक्रमण देखिएको हो।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
