अफरोड यात्राको लागि उत्कृष्ट जिप यांगलर, कति पर्छ मूल्य ?

नेपाली बजारमा अफरोड गाडी सेग्मेन्टमा केहि महिना अगाडी मात्रै भित्रिएको जिप यांगलर लोकप्रिय बनेको छ। आकर्षक लुक्स र नेपाली बाटोको लागी सुहाउदो अफरोड गाडी भएका कारण पनि बजारमा राम्रो उपस्थिति जनाउन थालेको हो।

जिप ब्रान्डका लागी नेपालका आधिकारीक वितरक रहेको एमएडब्ल्यु ग्रुपले केहि महिना अघि मात्रै नेपाली बजारमा भित्र्याएको यांगलर लोकप्रिय हुनुको कारण आकर्षक लुक्स र अफरोड नै हो। अमेरिकन ब्रान्ड जिप अफरोड र एडभेन्चर राइडका लागी यो गाडी नेपालमा मात्रै नभइ विश्वभर लोकप्रिय छ।

Advertisement

नेपालका लागि अमेरिकी राजदूत रेन्डी बेरी र एमएडब्ल्यू ग्रुपका प्रबन्ध निर्देशक विष्णु अग्रवालले पहिलो पटक सार्वजनिक गरेका यांगलरमा युवा पुस्ताको रोजाइमा पर्दै आएको छ। खासगरी यो गाडी अफरोड चलाउन मन पराउने र ठूला व्यवसायीले बढी चासो देखाएको कम्पनीको भनाई छ।

के के छन् बिशेषता ?

नेपाली बजारमा आएको अफरोड यांगलर फोरह्विल सिस्टम, एलईडी हेडल्याम्प, फुल फ्रेम रिमुभेवल डोर, २१.३ सीएम टचस्क्रिन दिइएको छ। इन्टेरियरमा लक्जरी लेदर सिट, लोभलाग्दो डिजाइनले ग्राहकलाई आकर्षित गर्छ।

२ हजार सीसीको गाडीमा ८ स्पिड अटोमेटिक ट्रान्समिसन, अधिकतम पावर २०१ किलोवाट र टर्क ४०० एनएम जेनेरेट गर्छ।

त्यस्तै, यो गाडीको ग्राउन्ड क्लियरेन्स २६० एमएम रहेको छ। जसले पहाडको जस्तो सुकै बाटोमा यात्रा गर्न कुनै समस्या हुँदैन। पावरफुल इन्जिन रहेको कारण अफरोडमा यात्रा थप रोमान्चक बनाउछ। यांगलरमा सुरक्षाका लागी पनि विभिन्न फिचर दिइएको छ।

सुरक्षाको लागि एबिएस सहितको दुवै डिस्क ब्रेक रहेको गाडीमा एयरब्याग, टायर प्रेसर मोनिटरिङ सिस्टमलगायत विभिन्न विशेषता यो गाडीमा रहेको छ। ८ स्पिड ट्रान्समिसन, प्रतिलिटर १० किलोमिटर माइलेज, टप स्पिड प्रति घण्टा १८० किलोमिटर रहेको छ।

नेपाली बजारमा ५ ओटा कलरमा आएको यो गाडीले नेपाली सडकमा राम्रो उपस्थिति जनाउन थालेको छ। बजारमा यो गाडी ब्राइट ह्वाइट, ब्ल्याक, क्रिस्टल, स्टिङ ग्रे र फायर क्रेकर रेडमा उपलब्ध रहेको छ। खासगरी रुबीकोन, सहारा र ग्लाडिएटर भेरियन्टमा यांगलर नेपालमा उपलब्ध रहेको कम्पनीको भनाई छ।

हाल यो गाडी एमएडब्ल्यू ग्रुपका प्रबन्ध निर्देशक विष्णु अग्रवाल आफै जिप यांगलर चढ्ने गरेका छन् भने सुजुकी गाडीका बिक्रेता रहेका करण चौधरी, स्रिमिक एयरका तथा अन्नपूर्ण नेटर्वकका सञ्चालक रामेश्वर थापा जिप यांगलर चढ्ने गरेका छन्।

कति पर्छ मूल्य ?

नेपाली बजारमा रुबीकोनको सुरुवाती मूल्य २ करोड ६८ लाख रुपैयाँ तोकिएको छ भने सहाराको मूल्य २ करोड ६७ लाख रुपैयाँ निर्धारण गरिएको छ। नेपाल भित्रिएपछि जिप यांगलर झन्डै तीन दर्जन बिक्री भइरहेको कम्पनीले जनाएको छ।

More News last news
Loading...