पोखरा । गण्डकी प्रदेशले कोरोना उपचारका लागि तोकेको संक्रामक तथा सरुवा रोग अस्पतालका प्रमुख विकास गौचन कोरोना संक्रमित भएर होम आइसोलेसनमा छन् । दोस्रो पटक कोरोना संक्रमण यसअघि उनी पहिलो चरणमा कार्यरत छँदै संक्रमित भएका थिए।
संक्रमणदर घटाउन संस्थागत आइसोलेसनमै बस्नुपर्ने बताउँद आएका गौचनले आफू अहिले पनि संस्थागत आइसोलेसनमा बस्ने बताएका छन् । ‘यो महामारीलाई हलुका रुपमा नलिनुहुन अनुरोध छ,’ पुनसंक्रमित भइसकेपछि भनेका छन्, ‘अब संस्थागत आइसोलेनमा बस्नेछु ।’
डा. गौचनसहित प्रदेशका २ सय ५० जना बढी स्वास्थ्यकर्मी कोरोना महामारीको तेस्रो लहरमा बढी प्रभावित भएका छन्। गण्डकीमा पछिल्लो एक महिनामै २ सय ६८ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ। सबै स्वास्थ्यकर्मीको संक्रमण सक्रिय छ।
निर्देशनालयको शुक्रबारको तथ्यांक अनुसार पुस ९ देखि शुक्रबारसम्म ठूलो संख्यामा कोरोना संक्रमण देखिएको हो। निर्देशनालयका आपतकालीन कार्य सञ्चालन केन्द्र संयोजक नवराज शर्माका अनुसार संक्रमण पुष्टि हुने स्वास्थ्यकर्मीमा कास्कीका सबैभन्दा बढी छन् । उनका अनुसार कुल संक्रमित स्वास्थ्यकर्मीमध्ये कास्कीका मात्रै १ सय ३८ जना छन्।
स्वास्थ्य निर्देशनालयका अनसार तनहुँका ४२ जना, लमजुङका २० जना, नवलपुरका १७ जना, बागलुङका ११ जना, पर्वतका १० जना, म्याग्दीका ९ जना, मुस्ताङका ३ जना र गोरखाका ६ जना छन् । निर्देशनालयले सबै संक्रमितको संख्या सामान्य रहेको र होम आइसोलेसनमै रहेको जानकारी दिएको छ।
२४ घन्टामा ९ सयलाई संक्रमण, २ जनाको मृत्यु
गण्डकीमा पछिल्लो २४ घन्टामा ९ सय जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १७ सय जनामा गरिएको कोरोना परीक्षणमा आधाभन्दा बढीलाई संक्रमण पुष्टि भएको हो।
योसँगै गण्डकीमा सक्रिय संक्रमितको संख्या ४ हजार ११७ पुगेको छ भने पछिल्लो २४ घन्टामा १ सय २१ जनामात्रै निको भएका छन् । निर्देशनालयका अनुसार कुल सक्रिय संक्रमितमध्ये ४ हजार ४१ जना होम आइसोलेनमा छन्l
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
