तयार भयो नेक्सन इभी कुपेको नयाँ डिजाइन, रेगुलर मोडलको तुलनामा थप पावरफुल हुने

काठमाडौँ । टाटा मोटर्सले नेक्सन इभी कुपेको नयाँ डिजाइन तयार गरेको छ । प्रस्तुत गरिएको नयाँ डिजाइनलाई आधार मान्दा यो रेगुलर नेक्सन इभीको तुलनामा एकदमै आधुनिक र ठूलो समेत देखिएको छ ।

यसको बाहिरी भागलाई आकर्षक स्टायलका साथ तयार गरिएको छ । यो इलेक्ट्रिक एसयुभी हाल कारोबार भैरहेको रेगुलर नेक्सनको तुलनामा पावरफुल समेत हुने जनाइएको छ ।

Advertisement

जसका लागी टाटा मोटर्सले यसमा ४० किलोवाट आवर क्षमताको ब्याट्री प्याक जडान गर्न सक्ने बताइएको छ । साथै यसमा रिडिजाइन गरिएको फ्रन्ट फेसिया र प्रशस्तै प्रिमियम फिचर्स थप हुनेछन् ।

रेगुलर नेक्सनको तुलनमा थप स्लिक हेडल्याम्प, डिआरएल र फग ल्याम्प, डुअल टोन रुफ, अगाडीको ढोकामा इभी ब्याज, र सम्पूर्ण भागमा कालो आबरण लगायत फिचर्स उपलब्ध गराइएको छ ।

यो एसयुभी पहिले इलेक्ट्रिक भर्सनमा आउने र त्यसपछि आइसिई भर्सनसमा समेत आउने जनाइएको छ ।

More News last news
Loading...