काठमाडौं । के तपाईं आन्तरिक हवाईयात्रा गर्दैहुनुहुन्छ ? अब एन्टिजेन परीक्षण अनिवार्य नगरिने भएको छ । कोरोना भाइरसको खोप लगाएको प्रमाणित कार्ड देखाएमा आन्तरिक हवाइयात्रा गर्न पाइने भएको छ।
यसका लागि सरकारले औपचारिक निर्णय गर्ने तय भएको छ । वायुसेवा कम्पनीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले यसबारे जानकारी गराइसकेको छ । वायुसेवा सञ्चालक संघलाई मन्त्रालयले यसबारे जानकारी गराएको हो।
पशुपतिनाथमा भक्तजनलाई रोक लगाइएकोमा विरोध
कोरोना भाइरसको संक्रमण देखाएर पशुपतिनाथमा भक्तजनलाई रोक लगाइएको भन्दै विरोध भएको छ । सरकारले बुधबारदेखि पशुपतिनाथ मन्दिरमा नित्यपूजाबाहेकका सम्पूर्ण क्रियाकलाप बन्द गरेकोमा सरोकारवालाले विरोध जनाएका हुन्।
वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानले नेपालमा हिन्दुहरुलाई मात्र रोक लगाउन थालिएको टिप्पणी गरे । ‘क्रिस्चियनका चर्च र इस्लाम धर्मका मस्जिद पनि छ । तर, हिन्दु धर्मालम्बी जाने मन्दिरमा मात्र किन रोक ?’ बुधबार काठमाडौँमा आयोजित साक्षात्कारमा उनले प्रश्न गरे ।
न्यौपानेले सरकारले लागू गरेका नियमअनुसार हिन्दू धर्मका कुनै पनि मन्दिरमा प्रवेश गर्न नपाइने भनिएकोमा आपत्ती जनाए । चर्चमा २५ जना मात्रले प्रार्थना नगर्ने भन्दै हजारौको संख्यामा प्रार्थना गर्ने उल्लेख गरे । हिन्दू धर्म र मन्दिरमा मात्र कोरोना लाग्ने सुन्दा बढो अनौठो लागेको उनको भनाइ थियोl
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
