पर्यटनमन्त्री आलेलाई पनि कोरोना संक्रमण

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेलाई कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्री आलेलाई कोरोना संक्रमण भएको उनको सचिवालयले जानकारी दिएको हो ।

मन्त्री आलेको सचिवालयले केहीदिनयता आफूहरुको सम्पर्कमा आएका सबै जनालाई सतर्कता अपनाउन आग्रह गरेको छ ।

Advertisement

प्रचण्ड कोरोना संक्रमणमुक्त

यसैगरी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कोरोना संक्रमण मुक्त भएका छन्। आइतबार साँझ प्रचण्डको सचिवायलयले उनी कोरोनामुक्त भएको जानकारी दिएको हो।

पिसिआर परीक्षणका क्रममा रिपोर्ट नेगेटिभ आएसँगै प्रचण्ड कोनामुक्त भएको पुत्री रेणु दाहालले जनाएकी छन्। कोरोना संक्रमण भएसँगै प्रचण्ड घरमै आइसोलेसनमा बसेका थिए ।

नेपालमा २४ घण्टामा थपिए ४,९६१ संक्रमित

पछिल्लो २४ घण्टामा नेपालमा ४ हजार ९६१ कोरोना संक्रमित थपिएका छन् । पीसीआर र एन्टिजेन विधिबाट गरिएको १५ हजार १३१ परीक्षणमा देशभरमा ४ हजार ९६१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार १२ हजार ५६२ जनाको पीसीआरमा ५ हजार ५३४ र २ हजार ५६९ को एन्टिजेन परीक्षण गर्दा ४२७ लाई संक्रमण देखिएको हो । यो सँगै सक्रिय संक्रमितको संख्या २५ हजार ६८० पुगेको छ।

यस्तै २४ घण्टामा ४३५ संक्रमित निको भएका छन् भने ३ जनाको मृत्यु भएको छ । २४ घण्टामा ५४ हजार ३१२ जनाले खोप लगाएको मन्त्रालयले जनाएको छ।

More News last news
Loading...