काठमाडौँ । साताको दोस्रो दिन अर्थात आज (सोमबार) नेपाली बजारमा सुनको भाउ थोरै उकालो लागेको छ ।आइतबार प्रतितोला ३०० रुपैयाँले घटेको सुनको भाउ आज सोमबार १०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघले नयाँ पुस्तालाई जनाए अनुसार आज छापावाल सुन प्रतितोला ९२ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ। छापावाल सुन आइतबार प्रतितोला रु ९२ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले अन्तर्राष्ट्रिय सुनचाँदीको कारोबार मूल्यका आधारमा दैनिक रुपमा सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ।
महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कनुसार आज तेजाबी सुनको मूल्य पनि घटेको छ। आज तेजावी सुन प्रतितोला रु ९२ हजार रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार तेजाबी सुन प्रतितोला रु ९१ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, सुनको भाउ बढेसँगै आज चाँदीको भाउ पनि बढेको छ। महासङ्घका अनुसार आज चाँदीको मूल्य प्रतितोला रु १ हजार २५५ रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार चाँदी प्रतितोला रु १ हजार २५० रुपैयाँमा कारोबार भएको थियो।

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
