आज (आइतबार) घट्यो सुनको भाउ

काठमाडौँ । साताको पहिलो दिन अर्थात आज (आइतबार) नेपाली बजारमा सुनको भाउ ओरालो लागेको छ ।

शुक्रबार प्रतितोला २०० रुपैयाँले बढेको सुनको भाउ आज आइतबार भने ३०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Advertisement

महासंघले नयाँ पुस्तालाई जनाए अनुसार आज छापावाल सुन प्रतितोला ९२ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ। छापावाल सुन शुक्रबार प्रतितोला रु ९२ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले अन्तर्राष्ट्रिय सुनचाँदीको कारोबार मूल्यका आधारमा दैनिक रुपमा सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ।

महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कनुसार आज तेजाबी सुनको मूल्य पनि घटेको छ। आज तेजावी सुन प्रतितोला रु ९१ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार तेजाबी सुन प्रतितोला रु ९२ हजार २०० रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, सुनको भाउ घटेसँगै आज चाँदीको भाउ पनि घटेको छ। महासङ्घका अनुसार आज चाँदीको मूल्य प्रतितोला रु १ हजार २५० रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार चाँदी प्रतितोला रु १ हजार २६० रुपैयाँमा कारोबार भएको थियो।

More News last news
Loading...