तनहुँको बन्दीपुरमा जिप दुर्घटना, चार जनाको ज्यान गयो

तनहुँ । तनहुँको बन्दीपुर गाउँपालिका–६ धरमपानी हटियामा जिप दुर्घटना भएको छ । जिप दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको छ।

घुमाउनेबाट धरमपानी आउँदै गरेको जिप दुर्घटनामा चार जनाको मृत्यु भएको बन्दीपुर गाउँपालिका अध्यक्ष पुर्णसिं थापाले पुष्टि गरे । ग १ ज ६५५५ नम्बर जिप सडकबाट अन्दाजी एक सय मिटर तल खस्दा दुर्घटना भएको हो।

Advertisement

प्रहरीले भने १२ जना घाइते भएको जनाएको छ । घाइतेको उद्धार गरेर बन्दीपुर अस्पताल ल्याइएको गाउँपालिका अध्यक्ष थापाले जानकारी दिए । प्रहरीका अनुसार जिपमा करिब १८ जना सवार थिए।

जिल्ला प्रहरी कार्यालय तनहुँका प्रवक्ता प्रहरी नायव उपरीक्षक युवराज खड्काका अनुसार मृतक चारै जना धरमपानीका रहेका छन् ।

धरमपानीका ९ महिने बालिका आरुबी थापा, २४ बर्षीय रोशन गुरुङ, ४२ बर्षीया सुशीलादेवी न्यौपाने र ५३ बर्षीय हरिबहादुर न्यौपाने रहेका छन् ।

अन्य तीन जना घाइतेलाई अस्पताल ल्याउँदै गरेको प्रहरी नायव उपरीक्षक खड्काले बताए ।

More News last news
Loading...