काठमाडौं l हाल देशमा पश्चिमी वायूको सामान्य प्रभाव रहेको छ । बिहान प्रदेश २ तथा बाँकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली छ । पश्चिम तथा मध्य तराईका केही स्थानमा हुस्सु र कुहिरो लागेको छ ।
दिउँसाे प्रदेश १ र २ तथा सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहनेछ । प्रदेश १ को पहाडी भूभागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना पनि रहेकाे माैसम पूर्वानुमान महाशाखाले जानकारी दिएकाे छ ।
शनिबार प्रदेश १, बागमती र गण्डकीका पहाडी भूभागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।
यस्तो छ तीन दिने मौसम पूर्वानुमान
२०७८ पौष ३० गते (शुक्रबार) दिउँसो : प्रदेश १ र प्रदेश २ तथा सुदूर पश्चिम प्रदेशमा आन्शिक बदली तथा देशका अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १ को पहाडी भू-भागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। राती : देशभर आंशिक बदली रहने छ।
२०७८ माघ ०१ गते (शनिबार) दिउँसो : प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक बदली तथा बाँकी प्रदेशमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १, बागमती तथा गण्डकी प्रदेशका पहाडी भू-भागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।
राती : प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक बदली तथा बाँकी प्रदेशमा मौसम सामान्यतया सफा रहने छ।
२०७८ माघ ०२ गते (आइतबार) दिउँसो : गण्डकी, लुम्बिनी, कर्णाली तथा सुदुरपश्चिम प्रदेशमा आंशिक देखि सामान्य बदली तथा बाँकी प्रदेशमा मौसम आंशिक बदली रहने छ।
राती : गण्डकी, लुम्बिनी, कर्णाली तथा सुदुरपश्चिम प्रदेशमा आंशिक देखि सामान्य बदली तथा बाँकी प्रदेशमा मौसम आंशिक बदली रहने छ। ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
