काठमाडौँ । वरिष्ठ कलाकार हरिवंश आचार्यले नयाँ गीत बजारमा ल्याएका छन् । हरिवंशकै स्वर, शब्द तथा संगीत रहेको ‘कर्कलो कोक्याउला’ बोलको गीतको भिडियो बिहीबार काठमाडौंमा एक कार्यक्रमबीच सार्वजनिक गरिएको छ।
गीतमा हरिवंशलाई गायिका समीक्षा अधिकारीले साथ दिएकी छन् । किरण तुलाधरको एरेञ्ज रहेको गीतमा श्यामश्वेत रसाइलीको मिक्सिङ छ ।
यो गीतले चेलिबेटी बेचबिखनको कथा भन्दछ । गीतमा अत्यन्त सुन्दर शैलीमा समाजको यथार्थ चित्रण गरिएको छ र गीतले अमुल्य सन्देश बोकेको छ।
चेलिबेटी बेचबिखन विरूद्धको अभियानको रुपमा सार्वजनिक गरिएको गीत निकै मार्मिक र चेतनामुलक बनेको छ । यो गीतको भिडियोलाई मानव सुवेदीले निर्देशन गरेका छन् ।
सुशील सापकोटाले खिचेको गीतको भिडियोमा कलाकार हरिवंश आचार्य, स्वस्तिमा खड्का र महेश त्रिपाठीको अभिनय रहेको छ । भिडियोमा नविन लम्साल र घनश्याम पाण्डेको पनि अभिनय देख्न सकिन्छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
