धादिङ l धादिङमा बाटो खन्ने क्रममा पहिरो खस्दा तीन जना बेपत्ता भएका छन् । रुबीभ्याली गाउँपालिका–१ मा बाटो खन्ने क्रममा आज बिहान पहिरो खस्दा डोजर पनि पुरिएको जिल्ला प्रहरी कार्यालयका एसपी राकेश सिंहले जानकारी दिए ।
सिंहका अनुसार चालक, सहचालयक र उपभोक्ता समितिका एक जना बेपत्ता रहेको प्रारम्भिक जानकारी आए पनि विस्तृत विवरण आइसकेको छैन । खोज र उद्धारका प्रहरी टोली परिचालन भएको छ ।
विभिन्न ठाउँमा मृत अवस्थामा शव फेला
काठमाडौं महानगरपालिका-२६ मित्रनगरस्थित गेष्टहाउसमा सिन्धुपाल्चोक मेलम्ची नगरपालिका-९ बस्ने ५० वर्षीय हर्क बहादुर गिरी बुधबार मृत अवस्थामा फेला परेका छन् । सोमबारदेखि गेष्टहाउसमा बस्दै आएका उनी आफू बसेकै कोठाभित्र मृत अवस्थामा फेला परेका हुन् ।
यसैगरी, काठमाडौं महानगरपालिका-३२ कोटेश्विरमा पार्किङ गरी राखेको पुरानो माईक्रोबसमा हाल नाम, थर, वतन नखुलेका करिब २२ वर्षीय पुरुष बुधबार मृत अवस्थामा फेला परेका छन् । संखुवासभा, खाँदबारी नगरपालिका-१ डडारे बस्ने सिलिचोङ गाउँपालिका-२ बाला घर भएका ४० वर्षीय महेश राई बुधबार बिहान मृत अवस्थामा फेला परेका छन् ।
खाँदबारी नगरपालिका-१ नयाँबस्तीमा सोमबार बेलुकी सोही नगरपालिका डडारे डेरा गरी बस्ने खोटाङ सकदेल घर भएका २८ वर्षीय शम्भु राईसँग झगडा भएपछि बिरामी भई डडारेस्थित जगत राईको घरमा सुतेका महेशको सोही घरको बराण्डामा शव फेला परेको हो । शम्भुलाई अनुसन्धानको लागि प्रहरीले नियन्त्रणमा लिएको छ ।
नवलपरासी (पश्चिम), बर्दघाट नगरपालिका-५ बण्डाखोला बस्ने २८ वर्षीय दिनेश थारु आफ्नै घरबाट करिब १ किलोमिटर टाढा खेतको आलीमा बुधबार मृत अवस्थामा फेला परेका छन् ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
