पृथ्वी जयन्तीका दिन (भोलि) स्याङ्जाका यी ६ स्थानीय तहमा सार्बजनिक बिदा

स्याङ्जा । पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा स्याङ्जाका ६ स्थानीय तहले सार्बजनिक बिदा दिने भएका छन्।

आज छुट्टाछुट्टै बिज्ञप्ति जारी गर्दै ११ स्थानीय तहमध्ये हालसम्म ६ स्थानीय तहले सार्बजनिक बिदा दिने निर्णय गरेका हुन् । यसरी बिदा दिनेमा वालिङ नगरपालिका, चापाकोट नगरपालिका, भीरकोट नगरपालिका, कालीगण्डकी गाउँपालिका, अर्जुनचौपारी गाउँपालिका र आँधिखोला गाउँपालिका रहेका छन् ।

Advertisement

सार्वजनिक बिदा दिन माग गर्दै विश्व हिन्दु युवा संघ स्याङ्जाका अध्यक्ष नवराज पौडेल सहितको टोलीले ११ वटै स्थानीय तहसँग देश एकीकरण गरेको व्यक्तिलाई बिर्सनु नहुने भन्दै सार्बजनिक बिदा दिन आग्रह गर्दै ज्ञापनपत्र बुझाएको थियो।

पौडेलले जनप्रतिनिधिज्यूहरुले आफ्ना मागलाई सम्बोधन गर्नुभएको भन्दै धन्यवाद समेत व्यक्त गरेका छन् । स्याङ्जाका यी स्थानीय तहसहित देशका धेरै स्थानीय तहहरुले पौष २७ गते सार्बजनिक बिदा दिने निर्णय गरेका छन् ।

More News last news
Loading...