अब मुक्तिनाथको कार्ड प्रयोग गरेर जुनसुकै एटिएम बुथबाट नि:शुल्क पैसा निकाल्न सकिने

काठमाडौं । मुक्तिनाथ विकास बैंकको एटीएम कार्ड (डेबिट कार्ड) प्रयोग गरी जुनसुकै बैंकको एटीएम बुथबाट पैसा निकाल्दा कुनै शुल्क नलाग्ने भएको छ । बैंकले आफ्नो एटीएम सेवालाई थप परिष्कृत गर्दै फ्रि एटीएम सेवा सुरु गरेको हो।

योसँगै मुक्तिनाथ विकास बैंकको डेबिट कार्ड होल्डर (सेवाग्राही) ले बिना कुनै अतिरिक्त शुल्क नै नेपालको कुनै पनि भिसा नेटवर्क अन्तर्गतको बैंकको एटीएम बुथबाट रकम झिक्न सिकिने बैंकले जनाएको छ ।  बैंकले यस्तो सुविधा समयअनुसार थप परिष्कृत गर्दै लैजाने बताएको छ ।

Advertisement

मुक्तिनाथ विकास बैंक १६औं वर्षमा

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेड १६ औं वर्षमा प्रवेश गरेको छ । वार्षिक उत्सवको अवसरमा बैंकले विभिन्न कार्यक्रमको आयोजना पनि गरेको छ ।

सो अवसरमा बैंकका अध्यक्ष भरतराज ढकालले भर्चुअल माध्यमबाट एकैसाथ ३२ वटा शाखाको उद्घाटन गरेका छन् । बैंकले प्रदेश १ मा ४ वटा, प्रदेश २ मा ३ वटा , बागमती प्रदेशमा १३ वटा, गण्डकी प्रदेशमा २ वटा, लुम्बिनी प्रदेशमा ५ वटा र सुदूरपश्चिम प्रदेशमा २ वटा शाखा कार्यालयहरु उद्घाटन गरिएको बैंकले जनाएको छ ।

शाखा कार्यालयको उद्घाटन गर्दै अध्यक्ष ढकालले सदैव गुणस्तरीय सेवा प्रदान गर्दै अगाडि बढ्ने र विभिन्न वित्तीय तथा गैर वित्तीय सेवाको माध्यमबाट देशको अर्थतन्त्र र आवश्यकतामा बैंकले पनि योगदान दिने प्रतिबद्धता व्यक्त गरे ।

उद्घाटन कार्यक्रममा बैंकका वर्तमान सञ्चालकहरु, पूर्व सञ्चालकहरु, संस्थापक सेयरधनी, तथा बैंकका उच्च पदाधीकारीहरु, शाखा प्रबन्धकहरुको उपस्थिति रहेको थियो ।

बैंकले वार्षिक उत्सवको अवसरमा सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत १० लाख रुपैयाँ बराबरको सहयोग विभिन्न संघसंस्थालाई गरेको छ ।

बैंकले वार्षिक उत्सवको अवसरमा सातै प्रदेशका क्षेत्रीय तथा शाखा कार्यालयमार्फत विभिन्न सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत १० लाख रुपैयाँ बराबरको सहयोग गरेको छ ।

More News last news
Loading...