काठमाडौँ । साताको पहिलो दिन अर्थात आज (आइतबार) नेपाली बजारमा सुनको भाउ स्थिर रहेको छ।
शुक्रबार प्रतितोला ७०० रुपैयाँले घटेको सुनको भाउ आज आइतबार भने स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले नयाँ पुस्तालाई जानकारी दिएको छ।
महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९१ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ। छापावाल सुन शुक्रबार पनि यही मूल्यमा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले अन्तर्राष्ट्रिय सुनचाँदीको कारोबार मूल्यका आधारमा दैनिक रुपमा सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ।
महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कनुसार आज तेजाबी सुनको मूल्य पनि स्थिर छ। आज तेजावी सुन प्रतितोला रु ९१ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार पनि तेजाबी सुन यही मूल्यमा कारोबार भएको थियो।
यस्तै, सुनको भाउ स्थिर भएसँगै आज चाँदीको भाउ पनि स्थिर छ। महासङ्घका अनुसार आज चाँदीको मूल्य प्रतितोला रु १ हजार २२५ रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार पनि चाँदी यही मूल्यमा कारोबार भएको थियो।

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
