काठमाडौँ । नेपाल राष्ट्र बैंकले (शुक्रबार) का लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । आज, राष्ट्र बैँकले तोकेको विनिमयदर अनुसार अमेरिकी डलरसहित प्राय सबै देशका मुद्राको भाउ बढेको छ । मलेसियन रिंगिटको मूल्य भने घटेको छ ।
राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम ११८ रुपैयाँ ८९ पैसा र बिक्री दर ११९ रुपैयाँ ४९ पैसा कायम गरेको छ।
युरोपियन युरो एकको खरिद दर १३४ रुपैयाँ ४८ पैसा र बिक्री दर १३५ रुपैयाँ १६ पैसा छ । युके पाउन्ड स्टलिङ एकको खरिद दर १६० रुपैयाँ ७२ पैसा र बिक्री दर १६१ रुपैयाँ ५३ पैसा छ ।
साउदी अरबियन रियाल एकको खरिर दर ३१ रुपैयाँ ६८ पैसा र बिक्री दर ३१ रुपैयाँ ८४ पैसा छ भने कतारी रियाल आज एकको खरिद दर ३२ रुपैयाँ ६५ पैसा र बिक्री दर ३२ रुपैयाँ ८२ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ।
मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ २२ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ३६ पैसा रहेको छ भने कुवेती दिनार एकको खरिददर ३९२ रुपैयाँ ७५ पैसा तथा बिक्रीदर ३९४ रुपैयाँ ७३ पैसा रहेको छ ।
यस्तै, आज बहराइन दिनार १ को खरिददर ३१५ रुपैयाँ ३५ पैसा तथा बिक्रीदर ३१६ रुपैयाँ ९४ पैसा रहेको छ ।

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
