चिकित्सकले गरे बाबुको आन्द्रा छोरामा सफल प्रत्यारोपण

नयाँ दिल्ली । चेन्नइका एक बाबुले आफ्नो एउटा सानो आन्द्रा दिएर छोरालाई बचाएका छन्। सात घन्टा लामो शल्यक्रियापछि बाबुको आन्द्रा छोराको पेटमा सफल प्रत्यारोपण गरिएको हो। शल्यक्रिया गर्न आठ चिकित्सक र २४ जना नर्सको एउटा टोली खटिएको थियो।

४ वर्षीय बालकको सानो आन्द्राले काम गर्न छोडेपछि बाबुको आन्द्रा प्रत्यारोपण गरिएको थियो। जटिल शल्यक्रियापछि बाबुको १५० सेन्टिमिटर लामो आन्द्रा छोराको पेटमा सफल प्रत्यारोपण गरिएको चिकित्सकले जनाएका छन्। यो शल्यक्रिया दुलर्भमध्येको एक भएको चिकित्सकको भनाई छ।

Advertisement

निरन्तर वान्ता गर्न थालेपछि गुहान नाम गरेका ती बालकलाई तीन महिनाअघि अस्पताल भर्ना गरिएको थियो। बालकको सानो आन्द्रा बेरिएको र रक्तनलीको प्रवाह रोकिएको उपचारको क्रममा थाहा भएको थियो।

सम्पूर्ण कोषहरु मरेकोले आन्द्राले काम गर्न छोडेको थियो। आन्द्राले काम नगरेपछि बालकले पाउनु पर्ने पर्याप्त पोषण तत्व प्राप्त गर्न सकेका थिएनन्, जसका कारण उनको जीवन नै जोखिममा परेको थियो।

छोरालाई बचाउन उनको परिवारले सानो आन्द्रा काटेर नयाँ आन्द्रा प्रत्यारोपण गर्न तयार भएको थियो।

उनमा देखिएको समस्यालाई चिकित्सकीय भाषामा भोल्भुलस भनिन्छ। एक हजारमा दुई जनामा यस्तो समस्या देखिने बालकको उपचारमा संलग्न चिकित्सकमध्येका एक डा नरेश सानमुगामको भनाई छ।

More News last news
Loading...