आज यी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। दिउँसो देशशभर बदली रहने मौसम पूर्वानुमान महाशाखाले आँकलन गरेको छ।

सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना छ । ती प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना पनि छ ।

Advertisement

राति पनि सुदूरपश्चिम, कर्णाली र गण्डकीमा वर्षा र हिमतपात हुनसक्ने आँकलन गरिएको छ । बिहीबार देशका पहाडी भूभागमा हल्का वर्षाको साथै उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना रहेको छ।

शुक्रबार प्रदेश १ र प्रदेश २ मा आंशिकदेखि सामान्य बदली रहने तथा बाँकी प्रदेशमा सामान्य देखि पूर्णतया बदली रहने महाशाखाको आँकलन छ । प्रदेश १ र २ का एक-दुई स्थानमा वर्षा पनि हुनेछ ।

More News last news
Loading...