स्याङ्जा l विश्व हिन्दू युवा संघ स्याङ्जाले नेपालीहरुलाई सामूहिक भावनामा बाध्ने काम पृथ्वी नारायण शाहले गरेको र उनको जन्म जयन्तीको अवसरमा सार्वजानिक बिदा दिनु पर्ने र उनले गरेको योगदानको बारेमा चर्चा गर्नु पर्ने कुरा एक विज्ञप्ति मार्फत जानकारी गराएको छ।
आज इलाका प्रशासन कार्यालय वालिङका सूचना अधिकारी सुबास पौडेल समक्ष ज्ञापन पत्र बुझाउँदै विश्व हिन्दू युवा संघका जिल्ला अधक्ष्य नबराज पौडेल, केन्द्रिय सदस्य डण्ड पानी पंगेनी, युवा समाज सेवी प्रेम गुरुङ लगायतले ज्ञापन पत्र बुझाउनु भयको थियो।
संघले विगतका वर्षहरुमा पनि पृथ्वी जयन्तीको अवसरमा कार्यक्रम गरेको र यस वर्ष पनि गर्ने कुरा बताएको छ। विश्व हिन्दू युवा संघ स्याङ्जा ले विद्यालय तहमा नैतिक शिक्षा लागू गराउन माग राखेको थियो र यो कुरा गण्डकी प्रदेश शिक्षा नीतिमा समेत समावेश भइसकेको छ।
यस्तै संघले स्याङ्जाका ११ ओटै पालिकामा संस्कृत पुस्तकालय निर्माण गर्ने अभियानमा लागेको छ र भीरकोट नगरपालिका मा योगी नरहरिनाथ संस्कृत पुस्तकालय लाई निर्माणको अभियान अगाडि बढाउने काम गरी सकेको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
