काठमाडौँ । यामाहाले सन् २०२२ को पहिलो उपहारको रुपमा एफजेडएस एफआईलाई नयाँ स्टाइलमा सार्वजनिक गरेको छ। यसको सबैभन्दा माथिल्लो भेरिएन्टको रुपमा एफजेडएस एफआईको डिलक्स भेरिएन्ट समेत सार्वजनिक गरिएको छ।
एफजेडएस एफआईको २०२२ मोडलको मूल्य १ लाख १६ हजार भारु तोकिएको छ । यो मोटरसाइकल मेट रेड र मेट ब्लु कलर अप्सनमा उपलब्ध हुनेछ । यसमा नयाँ फिचरको रुपमा एलईडी टेललाइट देख्न सकिन्छ।
त्यसैगरी एफजेडएस एफआई डिलक्सको मूल्य १ लाख १९ हजार भारु तोकिएको छ । यो मोटरसाइकल मेटालिक ब्लु, मेटालिक डिप रेड र सोलिड ग्रे कलर अप्सनमा उपलब्ध हुनेछ । यो मोटरसाइकलमा नयाँ फिचरको रुपमा कलर्ड अलोय ह्विल, नयाँ ग्राफिक्स, एलईडी फ्ल्यासर्स, एलईडी टेललाइट र ड्युअल टोन कलर्ड सिट जस्ता विशेषता उपलब्ध छन् ।

मेटालिक ब्ल्याक र मेटालिक डिप रेड कलरमा मात्र ड्युअल टोन कलर्ड सिट उपलब्ध छ। एफजेडएस एफआई मोडलका सबै मोटरसाइकलमा १४९ सीसीको इन्जिन छ, जसले १२.४ पीएस पावर र १३.३ एनएम टर्क जेनेरेट गर्छ ।
यी मोटरसाइकलमा ब्लुटुथ इनेबल्ड कनेक्ट-एक्स एप छ, जसले एन्सर ब्याक, लोकेट माई भेइकल, पार्किङ रेकर्ड र हजार्डका साथ राइडिङ हिस्ट्री समेत देखाउँछ। त्यसैगरी यसमा सिंगल च्यानल एबीएस, रियर डिस्क ब्रेक, मल्टी फङसनल एलसीडी इन्स्ट्रयुमेन्ट क्लस्टर र लोअर इन्जिन गार्डसमेतका विभिन्न विशेषता छन्।
यी दुवै मोडल हेर्दा सानदार छन् भने गजब स्टाइलका कारण युवाको रोजाईमा पर्ने सम्भावना धेरै छ। नेपाली बजारमा यामाहाले केही समय पहिले एफजेडएस एफआई मोटरसाइकल उपलब्ध गराएको थियो । अब अपडेट गरिएको भेरिएन्ट पनि भविष्यमा आउने अनुमान गर्न सकिन्छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
