आज (सोमबार) धेरै देशका मुद्राको भाउ बढ्यो, कुन देशको कति ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राको विनिमयदर तोकेको छ। आजको विनिमयदर अनुसार आइतबारको तुलनामा धेरै देशका मुद्राको भाउ बढेको छ । राष्ट्र बैँकले आज अमेरिकी डलर एकको खरिददर ११८ रुपैयाँ ६४ पैसा र बिक्रीदर ११९ रुपैयाँ २४ पैसा रहेको छ।

यूरोपियन युरो एकको खरिददर १३४ रुपैयाँ ८९ पैसा र बिक्रीदर १३५ रुपैयाँ ५८ पैसा रहेको छ। यूके पाउण्ड एकको खरिददर १६० रुपैयाँ ५३ पैसा र बिक्रीदर १६१ रुपैयाँ ३४ पैसा रहेको छ।

Advertisement

साउदी रियाल एकको खरिददर ३१ रुपैयाँ ६० पैसा बिक्रीदर ३१ रुपैयाँ ७६ पैसा तोकेको छ। कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ५८ पैसा र बिक्रीदर ३२ रुपैयाँ ७४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

यस्तैगरी, यूएइ दिराम एकको खरिददर ३२ रुपैयाँ ३० पैसा तथा बिक्रीदर ३२ रुपैयाँ ४६ पैसा रहेको छ । मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ ४८ पैसा तथा बिक्रीदर २८ रुपैयाँ ६२ पैसा रहेको छ।

कुवेती दिनार एकको खरिददर ३९२ रुपैयाँ १७ पैसा तथा बिक्रीदर ३९४ रुपैयाँ १६ पैसा रहेको छ। बहराइन दिनार एकको खरिददर ३१४ रुपैयाँ ७० पैसा तथा बिक्रीदर ३१६ रुपैयाँ २९ पैसा रहेको छ।

कुन देशको मुद्राको दर कति ?

More News last news
Loading...