नेपाली उपभोक्ता संरक्षण महासंघ गण्डकी प्रदेशको समिति गठन

पोखरा । नेपाली उपभोक्ता संरक्षण महासंघ गण्डकी प्रदेशको समिति गठन भएको छ । पोखरामा शनिबार सम्पन्न एक भेलाले सुशिल पौडेलको अध्यक्षतामा २३ सदस्यिय तदर्थ समिति गठन गरिएको छ। जसको वरिष्ठ उपाध्यक्षमा रामजी बराल, उपाध्यक्षमा लक्ष्मी जैशी र महेन्द्र पौडेल, महासचिवमा संकेत सापकोटा, सचिवमा प्रल्हाद चन्द्र घिमिरे, कोषाध्यक्षमा सर्मीला सुनार रहनुभएको छ।

समितिको सदस्यहरुमा सृजना गौतम, सविता शेरचन, विन्दुचन्द्र बराल, दुर्गा बहादुर बजगाई, दिक्षा भण्डारी, पार्वती तामाङ्ग, यज्ञ कुमारी पौडेल, आइ बहादुर वि.क, रामचन्द्र खड्का, विक्रम श्रेष्ठ, बावुराम क्षेत्री, भुमिराज सुवेदी, हुमादत्त रेग्मी, त्रिकासी गुरुङ, सृजना श्रेष्ठ र सरोग गिरी रहनुभएको छ।

Advertisement

यस्तै समितिको सल्लाहाकारमा अधिवक्ता वेदनाथ भण्डारी, पुर्व प्रशासक रामचन्द्र पौडेल र अधिवक्ता जनकल्याण पराजुली रहनुभएको छ । यस अघि कार्यक्रममा बोल्दै नेपाली उपभोक्ता संरक्षण महासंघका केन्द्रीय अध्यक्ष चन्द्र साउदले उपभोक्ताको हक हितका लागि संस्थाले युद्धस्तरमा काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो – उपभोक्ताको हितका लागि हामी सरोकारवालाहरुसंग निरन्तर खबरदारी र समन्वय गरि अगाडी बढ्न चाहान्छौँ । उहाँले आफुहरुले सरकारसंग धेरै कुरा माग नराखेको भन्दै गुणस्तरीय बस्तुको उपभोग गर्न पाउने उपभोक्ताको नैसर्गिक अधिकारको प्रत्याभुति र कालोबजारी अन्त्य हुन हुनुपर्ने उहाँको भनाई रहेको छ ।

उहाँले ऐन नियममा स्पष्ट व्यवस्था भएपनि नेपालमा भौतिक पुर्वाधारको क्षेत्रमा निकै अनियमिता भएको भन्दै त्यसको विषयमा महासंघले जोड दिएर आवाज उठाउने बताउनुभयो । परिवर्तन सम्भव भएको बताउदै केन्द्रीय अध्यक्ष साउदले भन्नुभयो “निरन्तर सरकारी निकायसंगको समन्वयमा उपभोेक्ताको हितका लागि हामी सदैव तन मन धन दिएर यो देशको विकासका निम्ती लागिपर्ने छौँ ।”

साथै अध्यक्ष साउदले अहिले रहेका अन्य उपभोक्ता अधिकारका लागि रहेका संघसंस्था पनि महासंघको सदस्य बन्न सक्ने बताउनुभयो । आफुहरु कुरा कम काम बढी गर्नेगरि देशभर शाखा विस्तारको क्रममा रहेको पनि उहाँले बताउनुभयो ।
कार्यक्रममा केन्द्रीय उपाध्यक्ष रोहित बहादुर क्षेत्रीले अहिले महासंघले आम मानीसको सरोकारको विषयमा उठाउनुपर्ने आवाजलाई बुलन्द बनाउन देशको संघिय शासन अनुसार स्थानिय तह, प्रदेश र संघमा समिति गठन गरि काम गर्ने योजनामा रहेको बताउनुभयो ।

More News last news
Loading...