आज (बुधबार) झन् घट्यो सुनको भाउ, तोलाको कति पुग्यो ?

काठमाडौँ । साताको चौँथो दिन अर्थात आज (बुधबार) नेपाली बजारमा सुनको भाउ झन् घटेको छ।

मंगलबार प्रतितोला २०० रुपैयाँले घटेको सुनको भाउ आज बुधबार पनि प्रतितोला ५०० रुपैयाँले घटेको महासंघले नयाँ पुस्तालाई जनाएको छ। महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९२ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ। छापावाल सुन मंगलबार प्रतितोला ९३ हजार रुपैयाँमा कारोबार भएको थियो।

Advertisement

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले अन्तर्राष्ट्रिय सुनचाँदीको कारोबार मूल्यका आधारमा दैनिक रुपमा सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ।

महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कनुसार आज तेजाबी सुनको मूल्य पनि घटेको छ। आज तेजावी सुन प्रतितोला रु ९२ हजार रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार तेजाबी सुन प्रतितोला ९२ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।

सुनको भाउ घटेपनि आज चाँदीको भाउ भने स्थिर रहेको छ । महासङ्घका अनुसार आज चाँदीको मूल्य प्रतितोला रु १ हजार २६० रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार पनि चाँदी रु १ हजार २६० रुपैयाँमा कारोबार भएको थियो।

More News last news
Loading...