एमाले पार्टी कार्यालयमा शव फेला, ‘हत्याको आशंका’

काठमाडौं । नेकपा एमाले जिल्ला पार्टी कार्यालय जुम्लामा एक जना मृत फेला परेका छन् ।

प्रहरीका अनुसार मृत भेटिएका व्यक्ति चन्दननाथ नगरपालिका–१ बस्ने तर सडकमा मागी खाने ५६ वर्षीय सेतो कुलाल रहेका छन् ।

Advertisement

एमालेको नयाँ बन्दै गरेको भवनमा कुलालको शव मृत अवस्थामा फेला परेको प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ । स्थानीयले खबर गरेपछि अनुसन्धान अधिकृतसहित सात जनाको टोली अनुसन्धानमा खटिएको प्रहरीको भनाई छ ।

मृतकको अनुहारमा चोट पटक देखिएकोले हत्याको आशंका गरिएको छ । यसबारेमा थप अनुसन्धानको लागि प्रहरी नायव उपरीक्षक नरेन्द चन्दको कमाण्डमा पाँच जनाको टोली खटिएको प्रहरीले जनाएको छ ।

More News last news
Loading...