काठमाडौँ । साताको दोस्रो दिन अर्थात आज (मंगलबार) नेपाली बजारमा सुनको भाउ पुनः ओरालो लागेको छ ।
शोमबार प्रतितोला १०० रुपैयाँले बढेको सुनको भाउ मंगलबार भने २०० रुपैयाँले घटेको महासंघले नयाँ पुस्तालाई जनाएको छ । महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९३ हजार रुपैयाँमा कारोबार भइरहेको छ। छापावाल सुन सोमबार प्रतितोला ९३ हजार २०० रुपैयाँमा कारोबार भएको थियो।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले अन्तर्राष्ट्रिय सुनचाँदीको कारोबार मूल्यका आधारमा दैनिक रुपमा सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ।
महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कनुसार आज तेजाबी सुनको मूल्य पनि घटेको छ। आज तेजावी सुन प्रतितोला रु ९२ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार तेजाबी सुन प्रतितोला ९२ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।
सुनको भाउ घटेपनि आज चाँदीको भाउ भने घटेको छ । महासङ्घका अनुसार आज चाँदीको मूल्य प्रतितोला रु १ हजार २६० रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार चाँदी रु १ हजार २५० रुपैयाँमा कारोबार भएको थियो।

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
