आज (सोमबार) घट्यो कि बढ्यो सुनको भाउ, हेर्नुहोस् कति पुग्यो तोलाको ?

काठमाडौँ । साताको दोस्रो दिन अर्थात आज (सोमबार) नेपाली बजारमा सुनको भाउ केही बढेको छ ।

शुक्रबार प्रतितोला ४०० रुपैयाँले घटेको सुनको भाउ आइतबार भने स्थिरहेको थियो । आज सोमबार भने सुनको मूल्य प्रतितोला १०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले नयाँ पुस्तालाई जानकारी दिएको छ।

Advertisement

महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९३ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ। छापावाल सुन आइतबार प्रतितोला ९३ हजार १०० रुपैयाँमा कारोबार भएको थियो।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले अन्तर्राष्ट्रिय सुनचाँदीको कारोबार मूल्यका आधारमा दैनिक रुपमा सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ।

महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कनुसार आज तेजाबी सुनको मूल्य पनि बढेको छ। आज तेजावी सुन प्रतितोला रु ९२ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार तेजाबी सुन प्रतितोला ९२ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।

सुनको भाउ बढेपनि आज चाँदीको भाउ भने घटेको छ । महासङ्घका अनुसार आज चाँदीको मूल्य प्रतितोला रु १ हजार २५० रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार चाँदी रु १ हजार २६० रुपैयाँमा कारोबार भएको थियो।

More News last news
Loading...