काठमाडौँ । सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिका-३ पन्चनमा रहेको ८६ मेगावाटको सोलु खोला दूधकोशी हाइड्रोपावरमा पाइप पड्किँदा दुई जना कामदारको ज्यान गएको छ। एक जना घाइते भएका छन्।
हिजो दिउँसो ३ बजेतिर फलामको पाइपमा पानी हालेर परीक्षण गर्ने क्रममा पाइप पड्किएको थियो। घटनामा हाइड्रोपावरमा काम गर्ने अछामका २६ वर्षका सुवास राज रेग्मी र काभ्रेका २९ वर्षका अर्जुन थापाको ज्यान गएको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी गणेश विक्रम शाहीले जानकारी दिए।
उहाँकाअनुसार घाइते एक जनालाई हेलिकप्टरमार्फत उपचारका लागि काठमाडौँ ल्याइएको छ। उनको ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ। ज्यान गुमाएका रेग्मी र थापा विस्फोट लगत्तै बेहोस भएका थिए।
मौसम सफा नहुँदा उनीहरुलाई तत्कालै उपचारका लागि काठमाण्डौ ल्याउन नसकेपछि ओखलढुङ्गाको अस्पतालमा लगिएको थियो। अस्पताल पुर्याउनेबित्तिकै डाक्टरले मृत घोषणा गरेको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी गणेश विक्रम शाहीले जानकारी दिए।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
