आज (आइतबार) घट्यो कि बढ्यो सुनको भाउ ? हेर्नुहोस् …

काठमाडौँ । साताको पहिलो दिन अर्थात आज (आइतबार) नेपाली बजारमा सुनको भाउ स्थिर रहेको छ ।

शुक्रबार प्रतितोला ४०० रुपैयाँले घटेको सुनको भाउ आज स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले नयाँ पुस्तालाई बतायो ।

Advertisement

महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९३ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ। छापावाल सुन बिहीबार प्रतितोला ९३ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले अन्तर्राष्ट्रिय सुनचाँदीको कारोबार मूल्यका आधारमा दैनिक रुपमा सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ।

महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कनुसार आज तेजाबी सुनको मूल्य पनि स्थिर छ। आज तेजावी सुन प्रतितोला रु ९२ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार पनि तेजाबी सुन सोही मुल्यमा कारोबार भएको थियो ।

सुनको भाउ सँगै आज चाँदीको भाउ पनि स्थिर छ । महासङ्घका अनुसार आज चाँदीको मूल्य प्रतितोला रु १ हजार २६० रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार पनि चाँदीको भाउ सोही मूल्यमा कारोबार भएको थियो।

More News last news
Loading...