पोखरा । मुलुकका सातवटै प्रदेशमा आयोजना हुने गरी सुरु भएको सप्तरंग साँझको गण्डकी संस्करण आज शुक्रबार हुँदैछ।
पोखराको अमरसिंह मैदानमा हुने कार्यक्रममा आधा दर्जनभन्दा बढी ख्यातिप्राप्त कलाकारले प्रस्तूति दिनेछन्। ‘समुदाय-प्रहरी साझेदारी कार्यक्रम’सँगको सहकार्यमा भइरहेको उक्त कार्यक्रमको तयारी पूरा भएको आयोजक ग्रिष्मा ब्रोडकास्टिङले जनाएको छ।
२४ मंसिरदेखि देशका सातैवटा प्रदेशमा गर्ने गरी सुरु गरिएको यस कार्यक्रम पोखरामा सकिने आयोजक संस्थाका प्रमुख गृहेन्द्र घिमिरेले जानकारी दिए।
सप्तरंगमा अभिनेता राजेश हमाल, गायक रामकृष्ण ढकाल, रामकृष्ण ढकाल, प्रमोद खरेल, बद्री पंगेनी, मिलन नेवार, अनिल सिंह, अस्मिता अधिकारी, सन्दीप क्षेत्री लगायत उपस्थित छन्।
कार्यक्रमको स्थानीय आयोजक पोखराकै बार्दली मिडिया छ। कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री लगायत अन्य मन्त्रीहरु, पोखरा महानगर कार्यवाहक प्रमुख, प्रदेश प्रहरी प्रमुख लगायतको सहभागिता रहनेछ। यो कार्यक्रमले समुदायमा प्रहरीको प्रभावकारीताबारे थप ज्ञान दिने छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
