काठमाडौँ । साताको पाँचौ दिन अर्थात आज (बिहीबार) नेपाली बजारमा सुनको भाउ ह्वात्तै बढेको छ।
बुधबार प्रतितोला ४०० रुपैयाँले घटेको सुनको भाउ आज भने प्रतितोला ७०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९३ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ। छापावाल सुन बुधबार प्रतितोला ९२ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले अन्तर्राष्ट्रिय सुनचाँदीको कारोबार मूल्यका आधारमा दैनिक रुपमा सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ।
महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कनुसार आज तेजाबी सुनको मूल्य पनि बढेको छ। आज तेजावी सुन प्रतितोला रु ९२ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार तेजाबी सुन प्रतितोला रु ९२ हजार १०० रुपैयाँमा कारोबार भएको थियो।
सुनको भाउ बढेसँगै आज चाँदीको भाउ पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदीको मूल्य प्रतितोला रु १ हजार २६० रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार चाँदी प्रतितोला रु १ हजार २४५ रुपैयाँमा कारोबार भएको थियो।

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
