चन्द्रागिरी हिल्सको साधारण सभा आह्वान, शेयरधनीको हातखाली

काठमाडौँ । चन्द्रागिरी हिल्स लिमिटेड(CGH)ले १२ औं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले आफ्ना शेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव नगरी सभा आह्वान गरेको छ।

पुस २९ गते चन्द्रगिरि हिल्सको कार्यलय थानकोटमा बिहान ११ बजेदेखि हुने भएको हो। सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन पेश गर्ने छ भने गत आर्थिक वर्षको नाफा–नोक्सान हिसाव तथा नगद प्रवाह विवरण माथि पनि छलफल गर्नेछ।

Advertisement

साथै सभामार्फत सर्वसाधारण समूहबाट एक जना सञ्चालकको निर्वाचन र स्वतन्त्र सञचालक नियुक्ति हुनेछ।

कम्पनीले सभा गर्ने प्रयोजनका लागि पुस १६ गते शुक्रबार बुक क्लोज गर्ने भएको छ । जसअनुसार पुस १५ गतेसम्म कायम रहने शेयरधनील सभामा भाग लिन सक्नेछन।

More News last news
Loading...