सबै दलको सहमतिमा मात्रै एमसीसी पास हुन्छः सहमहामन्त्री परियार

पोखरा । नेपाली कांग्रेसका नवनिर्वाचित सहमहामन्त्री जीवन परियारले सबै दलको सहमतिमा एमसीसी पास हुने दाबी गरेका छन् ।

नेपाल प्रेस युनियन कास्कीले पोखरामा गरेको पत्रकार सम्मेलनमा उनले गठबन्धन दलसँगमात्र नभइ प्रमूख प्रतिपक्षी दल एमालेको पनि सहमतिमा एमसीसी पास हुने बताएका हुन् ।

Advertisement

सहमहामन्त्री पदमा निर्वाचित भएपछि पहिलो पटक गृहजिल्ला कास्की पुगेका भएका नेता परियारले अनुदानमा आएको सहयोगलाई सबै दलको सहमतिमा नेपालले स्वीकार्ने बताएका हुन् ।

देउवा सरकारले मात्र नभइ यसअघिका सरकारले पनि सहमति जनाएको र केही असहमतिका बुँदा भए त्यसमा सहमति खोजेर एमसिसी पास गरिने उनको भनाइ छ।

नेता परियार गृह नगर पोखरा पुगे लगत्तै चिप्लेढुँगा स्थित वीपी चोक पुगेर संस्थापक नेता विश्वशेर प्रसाद कोइरालाको शालिकमा माल्यार्पण गरेका थिए ।

More News last news
Loading...